१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर डाेटीमा चारको मृत्यु

डोटी - डोटीमा मंगलबार साँझ करेन्ट लागेर एकैसाथ चारजनाको मृत्यु भएको छ।

आदर्श गाउँपालिका–१ चाँसीमा गाडिएको तारविहिन विजुलीकाे पोल उखेल्ने क्रममा प्रशारण लाईनमा ठोक्किदा पोल उखेल्न लागेका चारजनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ चाँसीकै ३२ बर्षिय जय बहादुर खड्का, सोही ठाउँका २४ बर्षिय दीपक खड्का, २३ बर्षिय विरेन्द्र खड्का र  २३ बर्षिय हरी खड्का रहेका छन्। उनीहरुमध्ये हरी खड्का नेपाल प्रहरीका जवान समेत हुन्। घटनामा परी बम बहादुर गम्भिर घाईते भएका छन्।

स्थानीय भरत खड्काले प्राधिकरणको  लापरबाहीका कारण घटना भएको आरोप लगाए। ‘बिद्युत प्राधिकरणले अलपत्र छाडेको काम उनीहरुले आफै गर्न खोजे,’ उनले भने,‘चिप्लिएर पोल प्रशारण लाईनमा ठोक्किदा घटना भयो।’

उता नेपाल बिद्युत प्राधिकरण प्रशारण केन्द्र दिपायलका प्रमूख बुद्धीनाथ झाले स्थानीयले प्राधिकरणलाई जानकारी नै नगरी काम गरेका कारण घटना घटेको बताए। ‘उहाँहरुले प्राधिकरणलाई कुनै जानकारी नै दिनुभएको छैन्,’ उनले भने,‘जानकारी दिएको भए हामी लाईन काटेर काम गर्न लाउथ्यौ ।’ 

उक्त पोल ग्रामीण बिद्युतीकरणका क्रममा त्यहाँ पुर्याइएको थियो। त्यसलाई स्थानीयले मृतक जय बहादुर खड्काकाे कुटानीपिसानी मिलमा लाईन जोड्नकालागि नयाँ ठाउँमा गाड्ने प्रयास गर्ने क्रममा घटना घटेको हो । 
 

 

प्रकाशित: १९ असार २०७५ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App