७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

हाते ट्याक्टर वितरण गर्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल। तस्बिरः नागरिक

रसुुवा – रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख गौरीशंकर रोकायाले बताए।  ‘यस क्षेत्रमा गराहरु सानोे भएकाले हाते टयाक्टर वितरण गरिएको हो’, उनले भने, ‘यसले कृषकलाई खेतीपाती लगाउन सहज हुन्छ।’

प्रति हाते ट्याक्टर ५८ हजारमा खरिद गरिएको हो। ट्याक्टर खरिदका लागि गाउँपालिकाले ४३ हजार पाँच सय खर्च गरेको छ। अनुदानमा वितरण गर्दा कृषकलाई प्रतिट्याक्टर १४ हजार पाँच सय परेको छ।

कृषकको माग र आवश्यकताको आधारमा सामग्री खरिद गरेर वितरण गरिएको हो। आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले  कृषकहरु प्रविधि तर्फ आकर्षित हुन थालेका छन्।

जिल्लाको पाँच वटा गाउँपालिका स्थापना भएको शाखामध्ये उत्तरगया र नौकुण्ड गाउँपालिकाले कृषकलाई प्रविधि सहयोग गरिरहेको छ। उत्पादन बढाउनका लागि प्रविधि अति आवश्यक भएको नौकुण्ड गाउँपालिकाको कृषि शाखा प्रमुख सम्भु प्रसाद राईले बताए।

यसअघि जिल्ला कृषि विकास कार्यालयबाट सेवा पुग्न नसकेका स्थानमा कृषि शाखाले सेवा पु-याउन थालेपछि ग्रामिण भेगका कृषक खुशी भएका छन्। कृषि शाखाले प्रविधि सहयोग, विउ वितरण गर्नुका साथै आवश्यक तालिम दिएपछि कृषिमा युवाहरुको सहभागिता बढेको नौकुण्ड गाउँपालिका–६ का होम बहादुर लामाले बताए।

प्रकाशित: २८ जेष्ठ २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App