१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ – कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन्। 

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ। कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ। 

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७।२ प्रतिशत, आधारभूत तह (कक्षा १ देखि ८) को ९२.३ प्रतिशत र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ। 

आव २०७३/०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७.२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७.१७ प्रतिशत रहने अनुमान छ। चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ। 

आव २०७४/०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास÷पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन्। 

प्रकाशित: १६ जेष्ठ २०७५ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App