१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

झन्डै एक साता अगाडि सिन्धुलीको सुनकोसी नदी दोहन गर्न बनाइएको होम पाइप माथिबाट ट्रिपर गुड्दै। तस्बिरः नागरिक

सिन्धुली – सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

आइ.ई.ई गरेर ठेक्का लागेको भन्दा धेरै अवैध रुपमा नदीको दोहन हुन थालेपछि हामीले केहि दिनका लागि नदीमा हुने उत्खनन् सबै बन्द गरेका हौं, सुनकोसी गाँउपालिका अध्यक्ष दिपा बोहोराले भनिन्,‘आधिकारीक रुपमा नियम संगत ढङ्गले भएका उत्खनन् भन्दा बाहेकका सबैलाई बन्द गर्छौ।’ नदी दोहनका लागि सुनकोसीमा दैनिक सयाैं ट्रिफर पस्दै आएका थिए। यी मध्ये धेरैले अवैध रुपमा दोहन गर्न थालेपछि गाँउपालिकाले नदीको उत्खनन्लाई अनुगमन गरि तत्कालका लागि सबै किसिमका उत्खनन् बन्द गर्ने र केहि दिन पछि नियम संगत ढङ्गले हुने उत्खन गर्न दिने निर्णय भएको उनले जनाइन्। 

सुनकोसी भित्रको बालुवा बनेपा धुलीखेल र काठमाडौमा महङगो मुल्यमा विक्री वितरण हुने भएपनि स्थानीय सहित ठेकेदारहरूले सुनकोसीको दोहन गर्न थालेका हुन्। सिन्धुलीको सुनकोसी सिन्धुली र रामेछापका विभिन्न स्थानबाट ठेकेदारले मनोमानी ढङ्गबाट बालुवा निकाल्न थालेका थिए। ठेकेदारले मनपरी रुपमा नदीको दोहन गर्दै जथाभावी ठूला खाल्डा पारी बालुवा ढुङ्गा निकाल्न थालेपछि गाँउपालिकाले त्यसलाई बन्द गरेको अध्यक्ष दाहालले जनाइन्।

सिन्धुलीको साधीबगर र रामेछापको राकाथुम गाँउपालिका बीचबाट प्राकृतिक रुपमा बगीरहेको सुनकोसी नदीलाई मानविय संसाधन(डोजर)को प्रयोग गरि सुनकोसीको पानीनै राकाथुम तिर फर्काएर ठेकेदारहरूले जथाभावी बालुवा उत्खनन् गरेको स्थानीयको आरोप छ। सुनकोसीको बहाफ नै परिवर्तन गरि उत्खनन् गरेपछि जिल्लास्थित सरोकारवालाहरूले समेत अनुगमन गरेको थिए।

जिल्लास्थित सरोकारवालाहरूको अनुगमन तथा गाँउपालिका प्रमुख सहितको टोलिले अनुगमन गरेपछि अवैध दोहन भएको भन्दै तत्कालका लागि उत्खनन् बन्द गरिएको थियो। कोसीबाट बालुवा निकाल्न वातावरणीय प्रभाव मुल्याङ्कन इआइ मापदण्डको आधारमा मात्रै निकाल्न दिन्छौ, गाँउपालिका अध्यक्ष दाहालले नागरिकसँग भनिन्–‘जथाभावी निकाल्न पाइदैन त्यसैलाई रोक्ने काम भएको हो। ठेकेदारहरूले सुनकोसीमा होमपाइप राखेर प्राकृतिक सम्पदा नै बिगार्ने काम गरेका थिए। होम पाइप राखि सहजै रुपमा ट्रिपरहरूलाई सुनकोसी वारपार गराउने तथा बालुवा ढुङ्गा वारीपारीकै अवैध रुपमा उत्खनन् गरि बेच्ने काम हुन थालेको स्थानियको आरोप छ।

केहि दिन मात्र अवैध उत्खनन् बन्द गरेर हुँदैन, एक स्थानियले भने–‘सुनकोसीको प्राकृतिक स्वरुप नै खलबल्याउने जो कोहिलाई कडा कारवाही गरेमात्रै यसको निकास निस्कन्छ नत्र केहि दिन पछि उस्तै हुन्छ। उनका अनुसार गाँउपालिकाले पूर्ण रुपमा बन्द गराउनु अगाडि सुनकोसीमा दैनिक सयौ ट्रक तथा ट्रिपर ओहोरदोहोर गर्ने गरेका थिए।
क्रसरका ट्रिपरले विपी राजमार्ग भत्किदै

सुनकोसीमा अवैध बालुवा र ढुङ्गा निकासी गर्ने क्रममा र क्रसरका ट्रिपरले विपी राजमार्ग खाल्डैखाल्डा हुन थालेको छ। राजमार्गमा अत्याधिक भार सहित दैनिक सयौ ट्रिपर गुड्न थालेपछि एसियाकै सुन्दर राजमार्गको रुपमा चिनिने विपी राजमार्ग भत्कन थालेको स्थानीय स्वयम् बताउछन्। राजमार्गमा जताततै खाल्डा हुन थालेको छ, सुनकोसी गाँउपालिकाका सरोज थापाले भने–‘ठूला सवारी तथा १० चक्के ट्रकलाई रोक्ने निर्णय भएको थियो तर अत्याधिक भार बोकेका ट्रिपर चल्न दिएकाले राजमार्गको भविष्य खतरामा पर्न थालेको छ। उता सुनकोसी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा भने दैनिक चल्ने ट्रिपरको संख्या पनि यस राजमार्गमा आगामी दिनमा घटाउने बताइन्। हामी राजमार्गको विषयमा पनि गम्भिर भएर लागेका छौ, अब यसलाई पनि नियन्त्रण गर्छौ उनले भनिन्।

प्रकाशित: १५ चैत्र २०७४ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App