२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।

डिलाशैनी गाउँपालिका वडा नं.६ बांगाबगरमा उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ ७ बजेतिर बांगाबगरमा सडकबाट २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा पुरुषको शव भेटिएको हो।

घटनाका विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App