१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः वैदेशिक यात्राको योग छ। विद्यार्थीका लागि पढाई राम्रो छ। काम गर्दा विचार पु¥याएर गर्नुपर्ने देखिन्छ। व्यापार गर्नेहरुलाई भने आय कम छ। रमाईलो जमघटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः विद्यार्थीलाई पढाईमा सफलता मिल्ने छ। छालामा सामान्य समस्या देखिन सक्नेछ। व्यवसायमा सामान्य व्यय देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। राजनीतिमा भने सफलता मिल्नेछ।

मिथुन राशिः धार्मिक कार्य गर्नु शुभ छ। यात्रा गर्नै पर्दा दिनको पूर्वाद्र्धमै गर्नु होला। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ।  दाम्पत्यमा वैचारिक एकता हुनेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

कर्कट राशिः शैक्षिक यात्राको योग छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। अप्रत्यासितरूपमा धन प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय मध्यम छ। नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा मध्यम वृद्धि हुने देखिन्छ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। सवारी साधनमा हिड्दा सतर्क रहनु होला। सम्मान प्राप्त हुने योग छ।

कन्या राशिः वाणी प्रभाव वढ्ने योग छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। अपरिचित व्यक्तिबाट व्यय हुन सक्ने छ। बिलासी सम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। सवारी साधन खरिदको योग रहेको छ।

तुला राशिः अध्ययन र कला क्षेत्रमा दिन राम्रो छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरुको सहयोग नलिइ आफै कार्य आरम्भ गर्नु होला। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ।

वृश्चिक राशिः अग्रजबाट कार्य सुरु गरेमा फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा र जग्गा सम्वन्धी काममा केही बाधा हुने देखिन्छ। नेत्रमा सामान्य बिकार आउन सक्ने छ। आर्थिक लगानी गर्न मिल्ने दिन छ।

धनु राशिः वाणी प्रभाव बढ्ने छ। आर्थिक लाभ हुने दिन रहेको छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। जीवनसाथीसँग सुमधुर सम्वन्ध, प्रेम, सद्भाव रहने छ। पारिवारमा भूमि लाभको योग छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यवसायिक धनमा केही व्यय र अर्थ सञ्चयमा बाधा हुनेछ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। समाजिक सम्मान र पद मिल्ने छ।

मीन राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा छ। विद्या अध्ययनमा रुचि बढ्ने छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App