६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

गत वैशाख ८ गते मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी भएकी शाहीको स्वास्थ्य कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइएको थियो।

शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए। मुटुमा समस्या देखा परेकाले उनको यता उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको समन्वयमा थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। बच्चा जन्मिसकेको तर मुटुमा समस्या देखा परेका कारण कालीकोटमा उपचार गर्न सम्भब नभएपछि सुर्खेत लगिएको छ।

प्रकाशित: २१ वैशाख २०८१ १८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App