६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ग्याँस सिलिण्डर विस्फोटपछि ७० घर जले,मुचुल्का उठाउँदै प्रहरी

सर्लाहीको विष्णु गाउँपालिका-१ बाराउद्योरण गाउँमा एक घरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा पूरै गाउँमा आगलागी भएको छ।

बाराउद्योरण गाउँका स्थानीय शत्रुघन राउतको घरमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा पूरै गाउँमा आगो फैलिएको हो।

राउतको घरबाट सल्किएको आगो एकपछि अर्को गर्दै सिंगो गाउँमै फैलिएको र आगोमा झुल्सिएका कैयौं घरमा पनि लगातार ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए।

उनका अनुसार ७० घर जलेका र आगलागीमा परेका घरहरूमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ।

यस्तै एउटा घरमा एक बाख्रा मरेको छ। ती सबै घरमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको प्रमुख जिल्ला अधिकारी धमलाले बताए।

उनले भने,‘ म घटनास्थलमै पुगेको छु, दिउँसोतिर आगो लागेकाले त्यस्तो कुनै पनि मानवीय तथा पशुचौपायमा क्षति भएको छैन्। एक घरमा एक बाख्रा मरेको छ। घरभित्र रहेको अन्य सम्पत्ति भने जलेको छ। त्यसबारे प्रहरी र स्थानीयहरूले क्षतिको विवरणको मुचुल्का तयार गर्दैछन्। अहिले नै यत्ति क्षति भयो भन्न सकिदैन्। मुचुल्का तयार हुँदैछ। त्यसपछि मात्रै पुष्टि हुन्छ।’

प्रकाशित: २१ वैशाख २०८१ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App