४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

फाइल तस्बिर

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा  १५ घर जलेका छन्। नजिकैको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका  रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्। रासस

प्रकाशित: १९ वैशाख २०८१ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App