५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुलेगौंडा-लामागाउँ सडक स्तरोन्नति

दुलेगौंडा-लामागाउँ सडक अन्तर्गत दुलेगौंडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४को लागतमा स्तरोन्नति सुरु भएको छ।

शुक्लागण्डकी नगरपालिका-४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन्।

विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका-८, ९ र १२ वडालाई जोड्ने छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।

केही भागमा ढलान हुनेछ  बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ।

प्रकाशित: ११ वैशाख २०८१ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App