२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चार किलो अफिमसहित ३ पक्राउ

काठमाडौं– प्रहरीले लागुऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। 

सोमबार साँझ लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मकवानपुर बकैया गाउंपालिका ६ ज्यामिरे घर भएका २९ वर्षीय सोम बहादुर तितुङलाई अफिम २ केजी र मकवानपुरगढी गाउँपालिका १ रानीशेराका ३० वर्षीय बज्र बहादुर भोम्जन तथा मकवानपुरगढी ३ शिखरकटेरीका २६ वर्षीय प्रेम बहादुर थिङलाई १–१ किलोगरी जम्मा ४ किलो अफिमसहित पक्राउ गरेको हो।

उनीहरुलाई काठमाडौं दक्षिणकाली ५ त्रिभूवन आदर्श मा।बि। अगाडि सडक किनाराबाट नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान ब्यूरोले जनाएको छ। 

प्रकाशित: ६ चैत्र २०७४ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App