नेपाल सरकारले पाँच जना सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका दिनेश भट्टराई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्याङ्क अधिकारीका रूपमा सरुवा गरिएको छ।
यसैगरी सुमनराज अर्याललाई महिलाबाट खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। मुकुन्दप्रसाद निरौलालाई उपराष्ट्रपतिको कार्यालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ।
निरौलालाई केही दिन अघि उपराष्ट्रपति सरुवा गरिएकोमा उनी त्यहाँ“ जान नमानेपछि सङ्घीयमा पठाइएको हो। सचिव विनोदप्रसाद सिंहलाई सङ्घीय मामिलाबाट राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग पठाइएको छ।
प्रकाशित: २ वैशाख २०८१ १६:३१ आइतबार