५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।  

साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका–१० का ५० वर्षीय प्रेमबहादुर चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे–१ स्थित पश्चिम बस स्टेण्डमा साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

साइकलमा यात्रा गरिरहेका चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए । घाइते चौहानलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल  पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।  

मोटरसाइकल चालक पथरीशनिश्चरे–१ का ५१ वर्षीय किरण घिमिरे समेत घाइते भएको र पथरी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०८० ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App