१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन्।

पुनलाई शुक्रबार प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

दीपेशको नाम सुन तस्करी प्रकरणसंगै सहकारी ठगीमा पनि जोडिएको छ।

पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य देखिएपछि उनीमाथि छानबिन सुरू भएकाे थियो। सुन प्रकरण बाहिरिएसँग पूर्व उपराष्ट्रपति पुनको परिवारसँगै दावाको तस्बीर पनि सामाजिक संजालमा भाइरल भएको थियो। यद्यपी पुन परिवारले अन्य प्रसंगमा केही वर्ष अगाडी खिचिएको तस्बीर भनेर खण्डन गरेको थियो।

नागरिक दैनिकले साउन १६ गते प्रकाशन गरेको ‘ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क’ शीर्षकको समाचारमा पुनले आफूलाई दावाको अपराध कर्मबारे थाहा नभएको बताएका थिए। त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको थियो।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न बनेको सुन जाँचबुझ आयोगले पुनमाथि सीआईबीले गम्भीरतापूर्वक नगरी उनलाई उन्मुक्ति दिएको प्रतिवेदनमा जनाएको थियो।

प्रकाशित: २ चैत्र २०८० १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App