५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

विद्युतको सबस्टेसनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।

‘गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तार छुँदा करेन्ट लागको हो’, उनले भने, ‘दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको हो।’ मृतक केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए। –रासस

प्रकाशित: २६ फाल्गुन २०८० १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App