६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्रकृति संरक्षण कोषका सदस्य-सचिव अधिकारीलाई कारबाहीको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ। साथै प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालयलाई बोधार्थ पठाएर यस विषयमा जानकारीसमेत गराएको छ।

केन्द्रले अधिकारीको शैक्षिक योग्यता कोषको सदस्य सचिमा नियुक्त हुनका लागि न्यूनतम मापदण्ड पूरा नभएको जनाएको छ। अधिकारीको नियुक्ति २०७७ पुस ३ गते तत्कालिन वन तथा वातावरणमन्त्री तथा कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले गरेका थिए।

कोषको संरक्षक प्रधानमन्त्री हुने र संरक्षकले कोषको अध्यक्ष नियुक्त गर्ने व्यवस्था राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९को दफा ५ (६)मा गरिएको छ। त्यतिबेला प्रधानमन्त्रीले कोषको अध्यक्षमा वनमन्त्री बस्नेतलाई नियुक्त गरेका थिए।

सामान्यता कोषका अध्यक्षमा वनमन्त्रीलाई नियुक्त गर्ने परम्परा छ। कोषको अध्यक्षको हैसियतले बस्नेतले अधिकारीलाई नियुक्त गरेका थिए। सदस्य सचिव नियुक्तको लागि वन तथा वातावरण मन्त्रालयले तयार गरेको मापदण्ड र कार्यविधिसँग अधिकारीको नियुक्त प्रक्रिया र मापदण्ड नमिलेको केन्द्रको भनाइ छ।

वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार कोषको सदस्य सचिव नियुक्त गर्नकोलागि वन, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा कम्तीमा स्नात्तकोत्तर उपाधी हाशिल गरी सम्बन्धित विषयमा कम्तीमा ५ वर्षको अनुभव गरेको हुनु पर्ने व्यवस्था गरिएको छ। केन्द्रका अनुसार अधिकारीले जर्नालिज्म एण्ड मास कम्युनिकेसनमा स्नातकोत्तर गरेका छन्।  

प्रकाशित: २४ फाल्गुन २०८० ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App