६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले आरोपी २४ वर्षीया मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।  

प्रहरीले मनकुमारी विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

फागुन ११ मा सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन्।  

प्रकाशित: १३ फाल्गुन २०८० १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App