५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रसूति गृहबाट हराएकी शिशु काँडाघारीमा भेटिइन्

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।

उक्त अस्पतालबाट शुक्रबार हराएकी शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

‘हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेकी छ’, उनले भने, ‘बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ।’

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका– ३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो। –रासस

प्रकाशित: १२ फाल्गुन २०८० ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App