१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

तनहुँमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जिपमा सवार चितवनको इच्छाकामना गाउँपालिका– ६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चितवनको इच्छाकामना– ५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना– ६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका– २९ बस्ने टेस्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका– ३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्। 

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ। जिप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। –रासस

प्रकाशित: ६ फाल्गुन २०८० ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App