५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट युवक घाइते

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका– ३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

कुण्डा सब–डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका– ८ खपटी खोलानजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए। गत वर्ष पुनर्बास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुईजनाको ज्यान गएको थियो।

प्रकाशित: ५ फाल्गुन २०८० ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App