६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

यी प्रदेशमा आज मौसम बदली, कोशी र गण्डकीमा भने हिमपात

आज गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८० फाल्गुन ०५ गते (शनिवार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन ०६ गते (आइतवार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा हल्कादेखि फाटफूट बर्षाको संभाबना रहेको छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा  र बाँकि उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा हल्का देखि फाटफूट बर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकि उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App