५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालको सामाजिक–आर्थिक विकासका लागि महिला उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी भएको हो।

समझदारी पत्रमा महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली र फण्डका प्रबन्ध निर्देशक डा। मनिष थापाले हस्ताक्षर गरेका हुन्।

‘महिला उद्यमीहरूलाई दिगो विकासका लागि सहयोग र सल्लाह दिने उद्देश्यले यो समझदारी पत्रमा हस्ताक्षर गरेका हौँ’,अध्यक्ष ज्ञवालीले भनिन्।

उनका अनुसार यसले विभिन्न पहल र लगानीहरू मार्फत महिला उद्यमीहरूको व्यापार र व्यवसायलाई बढवा दिनेछ। ‘यसले महिला उद्यमीहरूलाई सहयोग पुग्ने आशा गरिएको छ’, ज्ञवालीले भनिन्। 

प्रकाशित: १ फाल्गुन २०८० १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App