२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नागरिकर्मी कृष्ण किसी सम्मानित

नागरिककर्मी पत्रकार कृष्ण किसी सम्मानित भएका छन्। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

रफत सञ्चार क्लव भक्तपुरको १४ औ वार्षिकोत्सवको अवसरमा पत्रकार किसीसहित गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर पनि सम्मानित भएका हुन्। उनीहरु तीन नै जनालाई युवा क्रियाशिलता पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रम राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेमजन थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए।  

प्रकाशित: २३ माघ २०८० १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App