१ असार २०८१ शनिबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार बेलुका करिब ७ बजेर ४० मिनेटमा मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि सो दुर्घटना माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्र.०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते चेपाङको उपचारको क्रममाचितवनको भरतपुरस्थित पुरानो मेडिकल मृत्यु भएको हो।  ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ माघ २०८० ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App