१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खानी उत्खननका लागि अध्ययन गर्ने

काठमाडौं – खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न ७ क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ।

लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि  ३ करोड ९० लाख बजेट विनियोजन गरिएको छ।

पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौंथोमा अछाम, दैलेख र कालिकोट, पाँचाैंमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताए।

“अध्ययनपछि धातु र अधातु के – के छ भनेर अध्ययन गछौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौं,”उनले भने। विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ।  (रासस)

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App