५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी श्रेष्ठलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

कास्कीमा सम्मानित पत्रकारहरु

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट नागरिककर्मी सन्देश श्रेष्ठ पुरस्कृत भएका छन्। टंकादेवी कोईराला र तुलसीप्रसाद कोईरालाको स्मृत्तिमा उनको परिवारद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित श्रेष्ठ सम्मातिन भएका हुन् ।  

महासंघले श्रेष्ठसहित कास्कीका सातजना पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका हुन्। पुरस्कृत श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की शाखा अध्यक्ष विमला भण्डारीलगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे। पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्र र दोसल्ला रहेको छ।

त्यस्तै गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कान्तिपुरका पत्रकार कुलचन्द्र न्यौपाने र जनसंचारका ओम हमाल सम्मानित भएका छन्। आर्थिक पत्रकारिता पुरस्कार टंकराज अधिकारी र दिनानाथ बराललाई प्रदान गरियो। टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको यो वर्षको पुरस्कार आदर्श समाज दैनिकका पत्रकार प्रकाश ढकाल लाई दिइयो । त्यस्तै जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कारबाट समय समाचारकी कृपा भण्डारी पुरस्कृत भईन ।  

प्रकाशित: १२ माघ २०८० १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App