६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लोक सेवाद्वारा भदौको लिखित परीक्षाको नतिजा प्रकाशन

लोक सेवा आयोग केन्द्रीय कार्यालयले गत भदौमा विभिन्न सेवा समूह, श्रेणी र पदमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तासम्बन्धी जानकारी पनि दिएको छ।

गत भदौ महिनाका विभिन्न दिन सञ्चालन भएका परीक्षाहरूमा उत्तीर्ण उम्मेदवारहरूलाई प्रयोगात्मक र अन्तर्वार्तामा आउनका लागि आव्हान गरिएको छ।

लिखित परीक्षा लिइएको स्थान अनुसारै उम्मेदवारहरूलाई लोक सेवा आयोग कार्यालयहरु जलेश्वर, बुटवल, काठमाडौँ, पोखरा, सुर्खेत, दिपायलमा यही महिनाका विभिन्न मितिमा उपस्थित हुन आग्रह गरिएको छ।

लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरूलाई पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २÷२ प्रति, दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको दिन एक घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित: ३ माघ २०८० ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App