६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि (अपडेट)

त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि भएको छ। चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो। तर, गाडीमा भने कोही पनि नभएको पाइएको छ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी तिवारीले गोताखोरको टोलीले एक चरणमा खोजी कार्य गर्दा गाडीमा कोही फेला नपरेको हुँदा दोहोर्‍याएर खोजीका लागि जाँदैछ।

आज बिहान ४ः ४० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक सडकबाट ८०/८५ मिटर तल त्रिशुली नदीको पानी भित्र गाडीको लाईट बलेको जस्तो देखिएको थियो। सूचना प्राप्त हुनासाथ उक्त स्थनमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्र.ब.ना.नि, जिप्रका चितवनबाट प्रहरी उपरिक्षकसहितको टोली घटनास्थल पुगेका छन्।

नारायणगढमा बसेको विपद व्यवस्थानको डुङ्गासहितको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट स.प्र.नि.को कमाण्डमा गोताखोरको टोली खटेको हो।

प्रकाशित: २ माघ २०८० ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App