६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको  टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।  

कलैया उपमहानगरपालिका–१ मोतिबाग स्थित हुलाक कार्यालय अगाडिबाट विदेशबाट आएको गाजाको कार्टुन सहित वीरगन्ज महानगरपालिका–१ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरिएको जिल्ल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता प्रहरी नायब उपरीक्षक  दधिराम न्यौपानेले बताएका छ्न।

विदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।तीन जनामाथि लागूऔषध कसुरमा मुद्दा दर्ता गरी बारा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको  न्यौपानेले बताए।

प्रकाशित: १८ पुस २०८० ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App