११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको जनाएको छ।

मन्त्रालयले पछिल्लो एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालै नेपाल र रुवान्डाबिच हवाई सेवा सम्झौता सम्पन्न भएको जनाउँदै मन्त्रालयले स्विजरल्याण्ड र इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनमा प्रमुख नीतिगत विषय अन्तर्गत राष्ट्रिय संस्कृति नीति संशोधनको प्रक्रिया, पर्वतारोहण पर्वतारोहण नियमावली, २०५९ को संशोधन, नेपाल नागरिक उड्डयन प्राधिकरण (नियमन) विधेयक तथा हवाई सेवा प्राधिकरण सेवा प्रदायक विधेयक, २०८० मस्यौदा मन्त्रिपरिषद् पेस भएको, पर्यटन ऐन २०३५, प्रतिलिपि अधिकार संरक्षण एने २०५९, बृहत्तर समसामयिक बनाउन संशोधनको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।

अन्तर निकाय समन्वयको सम्बन्धमा मन्त्रालयबाट तर्जुमा ९संशोधन समेत० हुने ऐन, नियमावली, कार्यविधि, बजेट हस्तान्तरण जस्ता विषयमा सरोकारवाला निकायबाट समयमै राय÷सहमति÷निर्णय प्राप्त नहुँदा कार्यसम्पादनमा ढिलाइ भएको पनि स्वीकार गरेको छ।

यस्तै पूर्वाधार विकासका कार्यहरू सञ्चालन गर्ने निकायहरूबाट यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित निकायहरूसँग समन्वय नहुँदा ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाहरूको संरक्षण गर्न चुनौती सृजना भएकोमा अन्तर निकाय समन्वय विषय रहेका छन्।

मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउन प्रयास गरेको जनाउँदै  सूचना प्रविधिको माध्यमबाट होटेल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको उल्लेख गरेको छ। मन्त्रालयमा अखनलाइन ग्रिइभेन्स सिस्टम लागू गरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासोको सम्बोधन गर्ने व्यवस्था रहेका छन्। भरतपुर विमानस्थल विस्तार तथा भरतपुर, भोजपुर, विराटनगर र नेपालगन्ज विमानस्थलको आन्तरिक टर्मिनल भवन निर्माण कार्य प्रारम्भ भएको जनाएको छ।

नेपालगन्ज, धनगढी र विराटनगर विमानस्थलहरूमा व्यागेज कन्भेयर बेल्ट जडान भई सञ्चालनमा आएको,काठमाडौंउपत्यका बाहिरका ८ वटा विमानस्थलबाट रात्रिकालीन उडान हुने गरेको र वायुसेवा रात्रि विश्राम गर्ने व्यवस्था मिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गरिएको पनि उल्लेख छ।

प्रकाशित: १३ पुस २०८० ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App