७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कारले ठक्कर दिँदा २ पैदलयात्रीको मृत्यु

पोखरामा आज बिहान कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ।

पोखरा ५ पर्स्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङ ढोरपाटन –६ घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ।

प्रकाशित: १० पुस २०८० ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App