६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।

गत शनिबार न्हूदँ समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्य र काठमाडौं महानगरपालिका–१३ का अध्यक्ष ध्रुवनारायण मानन्धरद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको सो र्‍याली विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो।

कार्यक्रममा अध्यक्ष बज्राचार्यले ‘सरकारी कामकाजमा नेपाल संवत् प्रचलनमा ल्याउने’ सरकारद्वारा गरिएको निर्णय स्वागतयोग्य रहेको बताए।

र्‍यालीका संयोजक रामशरण डंगोलका अनुसार नेपाल संवत् ११४४ को अवसरमा प्रचारप्रसार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको थियो।

उनका अनुसार काठमाडौंबाट सुरु भएको र्‍याली सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित श्रीकृष्ण रत्नगंगा उमाविको प्रांगणमा पुगेर सम्पन्न भएको थियो। चौतारा साँगाचोक गढी नगरपालिकाकी उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो।

 कार्यक्रममा सिन्धु नेवाः खलःका अध्यक्ष माधवप्रसाद कर्माचार्य, ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठ र लीला फङ्ग घले, समाज सल्लाहकार समितिका संयोजक झम्क घले, स्कुलका प्रअ डम्बरबहादुर श्रेष्ठ, क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीका अध्यक्ष बाबुराजा महर्जन, फ्याली कार्यक्रमका संयोजक राम शरण डङ्गोल लगायतका ब्यक्तित्वहरूको उपस्थिती रहेको थियो। सो अबसरमा चौतारामा बाजागाजा र झाकी सहितको सास्कृतिक र्याली सम्पन्न गरिएको थियो।

कार्यक्रममा नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापित र सचिब हरिकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: १६ मंसिर २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App