६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरको एक सुन पसलमा चोरी

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।दिनेशकुमार साहको घरमा रहेको चन्द्रमा ज्वेलर्समा चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए। उनका अनुसार बिहीबार पसल बन्द गरेर गएको र शुक्रवार बिहान हेर्दा पसल चोरी भएको पाइएको थियो।  

पसलबाट सुनका विभिन्न गरगहना करिब ४ तोला सुन र चाँदी करिब ४ केजीका साथै १ लाख रुपैयाँ चोरी भएको बताउँदै, डिएसपी दाहालले भने, ‘अघिल्लो दिन राम्रोसँग पसल बन्द गरेर गएको र भोली पल्ट बिहान हेर्दा चोरी भएको पाइएको छ। ‘भ्याण्टिलेसन’ फोडेर भित्र पसेर चोरी गरेको देखिन्छ। पसलमा रहेको सिसी क्यामेराको स्टोर गर्ने चिप्स नै चोरले लगेको छ।’

पसलमा रहेको सिसी क्यामेराको स्टोर गर्ने चिप्स नै चोरी भए पनि अन्य तवरबाट चोरीमा संलग्न भएकाहरूको खोजी कार्य भइरहेको डिएसपी दाहालले बताए। घटनाको अनुसन्धान सुरु गरिसकेको हुँदा चाँडै नै चोरी घटनामा संलग्नहरू पक्राउ पर्ने प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ मंसिर २०८० १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App