७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भारतमा पशुपतिनाथ मन्दिर बनाउने स्वीकृति दिइएको छैनः कोष

पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन सहमति दिने विषयमा कुनै निर्णय नभएको बताएको छ। नेपाल र भारतका सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै कोषले यस प्रकारको राष्ट्रिय अस्मितामा आघात पर्ने विषय कोषले कहिल्यै नगर्ने दाबी गरेको छ।

कोषले आज एक विज्ञप्ति सार्वजनिक गर्दै ‘पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा श्री पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको कुनै स्वीकृति, सहमति, निर्णय नभएको’ उल्लेख गरेको छ। स्तै त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने गराउने निर्णय समेत नभएको कोषको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त समाचारहरूका कारण तमाम हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघातप्रति आघातकर्ताप्रति खेद प्रकट गर्दै यस प्रकारको राष्ट्रिय अस्मितामा आघात पर्ने विषय कोषले कहिल्यै नगर्ने जानकारी गराउँदछौं।’

नेपालको पशुपतिनाथ मन्दिर भारतीय सेनाका पूर्व जनरल विपीन रावतको सैण गाउँमा बनाउन स्वीकृति दिइएको विषयमा भारतीय पत्रिका नव भारत टाइम्स र त्यसको अनलाइन संस्करण नव भारत टाइम्स डटकम समाचार प्रकाशित भएको थियो । जसमा ‘पहले सोडीएस रहे जनरल बिपिन रावत के सैण गांव मे बनेगा पशुपतिनाथ मन्दिर अब उत्तराखण्ड में होंगे पाँच वाम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

यस्तै गोरखा एक्सप्रेस साप्ताहिकमा मंसिर ४ गते  ‘भारतमा पशुपतिनाथ बनाउन स्वीकृति दिइयो’ भन्ने शीर्षकमा समाचार छापिएको थियो।

प्रकाशित: ९ मंसिर २०८० ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App