१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुख्खा पहिरोले दुईदिनदेखि बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ।पहिरोको कारण बिहिबार दिउँसोदेखि सडक अवरुद्ध छ । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने सडकखण्डमा खसेको सुख्खा पहिरो दुईदिनसम्म पन्छाउन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ।

सुख्खा पहिरो पन्छाउन पूर्वाधार कार्यालय म्याग्दीले सानो बकेट भएको जेसिभी (डोजर)ले पहिरो हटाउन नसक्दा यात्रुले बैकल्किप मार्गबाट जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।पहिरोका कारण साना सवारीसाधन र यात्रुहरु पखेर हुदै गन्तब्यतर्फ लागेपनि ठूला सवारीसाधनमा यात्रा गरेका यात्रु र मालबाहक सवारीसाधन अलपत्र परेको त्यहाँ रहेका हेमन्त बानियाँले बताए।‘पहिरो हटाउन स्काभेटर प्रयोग गर्न अनुरोध गरेका थियौं,‘सानो मेसिनका कारण दुईदिनसम्म सडक अवरुद्ध छ’ बानियाँले भने।

फापरखेतमा बर्षात र हिउँदको समयमा खस्ने पहिरोले  सधैँ जोखिम हुने गरेको छ। उक्त सडक खण्ड अन्तरगतको सबैभन्दा जोखिम र प्रमुख समस्या पहिरो बनेको हो।करिब दुई दशक वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको अवस्थामा अहिले हिउँदमा समेत सुख्खा पहिरोले बाटो नै अवरुद्ध हुन थालेपछि समस्या भएको तातोपानीका ब्यवसायी कुमार केसीले बताए।

फाँपरखेतमा माथिल्लो क्षेत्रमा चर्किएको र नयाँ पहिरो देखिएपछि ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको भनाई छ ।करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्या समाधानका लागि पखेर हुदै बेलिब्रिजको काम यर्सै आर्थिकबर्ष भित्र सकिने बताए।उनले बैकल्पिक मार्गमा आवश्यक पर्ने बेलिब्रिजका लागि मन्त्रालयले तयार गरिरहेको बताए।भूगर्वविद् र प्राविधिकको टोलीले समेत फापरखेतबाट आवतजावत निकै जोखिम रहेको बताएका थिए। 

प्रकाशित: ८ मंसिर २०८० १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App