५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चितुवा समातियो

मानव बस्तीभित्र प्रवेश गरेर गठ्ठाघरका दुई जनालाई घाइते पार्ने चितुवालाई पाँच घण्टापछि नियन्त्रणमा लिएको छ।

गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उनले जानकारी दिए । दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ।

प्रकाशित: २४ कार्तिक २०८० १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App