चार दिनदेखि वेपत्ता रहेकी महोत्तरीका पाँचजना किशोरीहरू सम्पर्कमा आएकी छन्। गत मङ्गलवार घरबाट निस्केकी किशोरीहरू आज मात्रै सम्पर्कमा आएकी हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलिप कुमार गिरीका अनुसार उनीहरू केहीबेर अघि धनुषाको ढल्केवरमा फेला परेकी छन्। बाहिर जान लागेका बेला स्थानीयले उनीहरूलाई रोकेर प्रहरीको जिम्मा लगाएका हुन्। अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ।
पाँचै किशोरी केहीबेरमा घर आइसक्ने गिरीले जानकारी दिए।
महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया प्रतिमा सदा, १६ वर्षीया बसन्ती सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र रुवी सदा गत मङ्गलवारदेखि सम्पर्कविहीन भएकी थिइन्।
प्रकाशित: २३ कार्तिक २०८० ०५:०७ बिहीबार