५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पका घाइतेका लागि रगत सङ्कलन

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन्।

बिरामीलाई रगतको अभाव हुन नदिन रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए। उनका अनुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन्। घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो।

प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एकजनाको मृत्यु भएको छ। जाजरकोटको नलगाड-१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८० ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App