१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कार दुर्घटनामा चालकको मृत्यु

भक्तपुर—आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७४ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App