५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति  आज फरार भएका छन्। फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो।

स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App