६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो

जनकपुरधामको धान खेतमा मृत फेला परेका युवकको पहिचान खुलेको छ। मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा बिहीवार बिहान रुपेशको शव फेला परेको थियो। तर, तीनको पहिचान खुल्न सकेको थिएन। धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मृत युवकको परिवारजनलाई खोजी गर्दै जाँदा रुपेशको परिवार सम्पर्कमा आएपछि तीनको पहिचान खुलेको हो।

शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। हाल रुपेशको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले बताए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८० ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App