६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको घटनास्थलमै ज्यान गयो

पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो  जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार आज दिउँसो ५ बजे तिर तानसेनबाट रानीमहल जादै गरेको बागमती प्रदेश ७२०९ नम्बरको जिप दुर्घटना हुँदा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । एक चालक भने गम्भीर घाईत भएका छन । मृतकको सनाखत हुन सकेको छैन। जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

प्रकाशित: ५ कार्तिक २०८० १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App