१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा ३२९ ओटा दुर्गा माताको मुर्ति प्रदर्शन

विजयादशमीको अवसरमा कपिलवस्तुमा ३ सय २९ ओटा दुर्गा भगवतीको मुर्ति प्रर्दशन गरिएको छ। दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो।  

जिल्लामा विजयादशमीको अवसरमा दुर्गा भगवतीको मुर्ति वर्षौदेखि प्रर्दशन गर्ने गरिएको सांस्कृतिक विद पशुपतिमणि त्रिपाठीले बताए। नवरात्रको पहिलो अर्थात् घटस्थापना र सप्तमीका दिन मुर्तिको विशेष पूजापाठ गरी प्रर्दशनका लागि निकालिएको हो। मुर्ति प्रर्दशन गरिए पछि जिल्लाको गाउँदेखि सहरसम्म दसैँको चलहपहल समेत बढेको छ।  

विशेष गरी दिउँसोभन्दा रातिको समय जिल्लामा मुर्तिको दर्शन र पूजा गर्ने चलन छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी बुद्धभुमी नगरपालिकामा ५९, कृष्णनगर नगरपालिकामा ४५, शिवराज नगरपालिकामा ४३, विजयनगर गाउँपालिकामा ४१, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा २६÷२६ ओटा, सुद्धोदन गाउँपालिकामा २४, यशोधरा गाउँपालिकामा २५ र वाणगंगा नगरपालिकामा २२ ओटा मुर्ति प्रर्दशन गरिएको छन्।  

दसैँको समयमा निकालिएको मुर्ति हेर्न भिडभाड हुने र घटना समेत हुन सक्ने भन्दै स्थानीय प्रशासनले आजदेखि ७ गतेसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ।  

कृष्णनगर नगरपालिकामा विगतमा मुर्ति बिर्सजनको क्रममा साम्प्रदायिक घटना घटेकाले त्यसलाई दोहोरिन नदिन नगरपालिकाका मेयर रजत प्रताप शाहको नेतृत्वमा स्थानीय स्तरमा समेत समिति गठन गरिएको छ।  

चाडबाडमा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर ब्यापकहरुपमा सुरक्षकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए। चाडबाड भरी नागरिकको सुरक्षा र विभिन्न खाले घटनालाई रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। निकालिएको झाकी दशमी र एकादशीका दिन बिसर्जन गरिने छ।  

प्रकाशित: ५ कार्तिक २०८० १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App