१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाजुरामा वडा अध्यक्षमाथि आक्रमण

बाजुरा – बढीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो । 

महत विरामी पुर्याएर राती १० ः ३० बजेतिर घर फर्किदै थिए । महतका अनुसार तीन जनाको समूहले उनीमाथि आक्रमण गरेका हुन् । कुटपीटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ । 

जिल्ला अस्पतालमा उपचार गराइरहेका महतले नेपाली काँग्रेसका कार्यकर्ताले योजनावद्ध रुपमा आक्रमण गरेको हुनसक्ने बताए । महत एमालेबाट वडा अध्यक्षमा जितेका थिए । २ जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतको भनाई छ ।

महतले अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको पत्ता लागे सार्वजनिक मुद्दा दर्ता गर्ने घाइते महतले तयारी गरेका छन्। 

प्रकाशित: ३ मंसिर २०७४ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App