४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआरएनए निर्वाचन: शून्य भोटको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्दै

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा एकजनाको भोट शून्य देखिएको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्ने भएको छ।

नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको हो।

अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।  

विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेषित गरेको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शून्य उल्लेख भएको कारण विवाद भएको र सो सम्बन्धमा भेरो भोटिङ सँग वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा प्रकाशित गरिने छ।’

गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो। कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो।

उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो।

अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् ।  

प्रकाशित: ३ कार्तिक २०८० ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App