११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।  

यातायात समिति, गाडी सञ्चालनहरुबाट भए गरेको दुःखबारे यात्रुहरूसँग बुझ्न डिआईजी ढकाल बसपार्क र वीरेन्द्रनगर बाहिरिने नाकाहरूमा पुगेका हुन्। बसपार्क र नाकामा पुगेर डिआइजी ढकालले यात्रु र यातायात ब्यवसायीसंग सोधपुछ गरेका थिए। कुनै पनि असहजता भए प्रहरीमा खवर गर्न समेत यात्रुहरुलाई उनले आग्रह गरे।

बस काउन्टरमा भाडाँदर नराखेको, आरक्षण सीटमा अन्य यात्रु राखेको, सीट क्षमताभन्दा बढी यात्रुको टिकट समितिबाट चलान गरेर पठाएको, दशैंमा यात्रुको चाप बढी हुने भएकाले थप गाडीहरु भनेजस्तो नथपेको, गाडी पुराना हालेर जोखिम बढाएको र नयाँ भाडादर कायम नगरी पुरानै भाडाँदरमा टिकट काटेको बसपार्क अनुगमन गर्दा पाईएको डिआईजी ढकालले बताए। पहिलो पटकलाई सचेत गराएको र फेरि पनि भाडाँदरदेखि सिटक्षमता अनुसार भएनभएको चेकजाँच गरिने र कार्वाहीको प्रकृया थालिने उनले बताए। उनले समितिका कर्मचारी, चालक र यात्रुसँग भेटेर कुरा गरेका थिए।  

यात्रुहरू बढी हालेर गन्तब्यतिर जाने गाडीहरूलाई ट्राफिक प्रहरीले घण्टौंसम्म रोक्ने गरेको गुनासो समेत यात्रुहरुले गरेका छन्। जसले गर्दा सिटमा टिकट काटेर घर हिडेँका यात्रुहरूलाई समस्या हुने गरेको छ। बसपार्क र पोष्टमा बसेका ट्राफिकले चलान र यात्रुसङ्ख्या हेरे मात्र पुग्ने भएपनि सवारीधनीसँगको मिलोमत्तोमा गाडीभरी सामान र यात्रुहरू छोड्ने गरेको गुनासो समेत आएको छ। जसले गर्दा दुर्घटना जोखिम बढाउने गरेको छ।  

प्रकाशित: ३० आश्विन २०८० ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App