९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

दसैँको अवसरमा खसीबोका प्रदर्शनी

दसैँको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ।

बाख्रपालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा यही असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुन नवराज अधिकारीले जानकारी दिए।

यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैँमा र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिदै उनले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताए।

किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई  प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए। महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ।

प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ। प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिए।

प्रकाशित: २८ आश्विन २०८० १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App