१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रेष्ठको सुरक्षाप्रति शुभेच्छुकको चिन्ता

काठमाडौं– रामेछापका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठमाथि सुरक्षा जोखिम बढेको भन्दै शुभेच्छुकले चिन्ता गरेका छन्।

भाइका हत्यारालाई कारबाही गराउन दिनरात खटिएकी सावित्रीलाई स्वदेशविदेशमा रहने आफन्त एवं शुभेच्छुकले सुरक्षा खतरा बढेको भन्दै सुरक्षित रहन सुझाव दिने गरेका छन्। 

श्रेष्ठले भनिन्, ‘भाइका हत्यारा पक्राउ परेपछि आफन्त तथा शुभेच्छुकले मेरो सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्न थाल्नुभएको छ ।’ परिवारका सदस्यको हत्या हुँदा न्याय खोज्नु स्वाभाविक भएकाले कुनै पनि किसिमका धम्कीबाट आफू कमजोर नहुने उनले बताइन्। 

श्रेष्ठका ८७ वर्षीय बाबु तथा ८४ वर्षीया आमालाई न्याय नपाउँदै जीवन त्याग्नुपर्ने हो कि भन्ने चिन्ताले जहिल्यै सताउने गथ्र्याे । छोराका हत्यारा पक्राउ परेपछि भने वृद्ध बाबुआमाले राहत महसुस गरेको श्रेष्ठले बताइन्। 

२०५५ असार १० गते तत्कालीन माओवादीबाट हत्या भएपछि हत्याराविरुद्ध परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । हत्याको उजुरी तथा प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला अदालत ओखलढुंगाले  २०६१ वैशाख २१ मा श्रेष्ठको हत्या आरोपमा माओवादी नेता ढुंगेललाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो । पुनरावेदन अदालत राजविराजले २०६३ मा जिल्ला अदालतको मुद्दा उल्ट्याइदिएपछि उक्त मुद्दा सर्वाेच्च अदालतमा पुगेको थियो। 

सर्वाेच्चले २०६६ मा जिल्ला अदालतले तोकेको सजाय सदर गरे पनि ढुंगेल भने फरार रहँदै आएका थिए । उनलाई यही कात्तिक १४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सातदोबाटोबाट पक्राउ गरी जेल चलान गरेको छ । 

प्रकाशित: १९ कार्तिक २०७४ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App