६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

निउरो टिप्न जाँदा राप्ती नदीले बगाएर एकको मृत्यु

चितवनको दिव्यनगरमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

आज बिहान १०ः५० बजेको समयमा भरतपुर–२५, जमुनाघाटस्थित राप्ती नदीले बगाउँदा भरतपुर–२४ का वर्ष ४८ की फडी मायाँ अधिकारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

अधिकारीसंगै निउरो टिप्न गएकी सोही ठाउँकी ३२ वर्षीया निरमायाँ श्रीमल भने नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । मृतक अधिकारीको शव पोष्टमार्टमका लागि भरतपुर पठाइएको छ। बेपत्ता श्रीमलको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 

प्रकाशित: २० आश्विन २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App