७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रिगलको आममाफी मुद्दामा सर्वोच्चले भन्यो: बहस गर्न महान्यायाधिवक्ता नै आउनू

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा बहसका लागि महान्यायाधीवक्ता नै उपस्थित हुन आदेश दिएको छ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले पूर्ण अन्तिम सुनुवाई असोज २५ गते तोक्न र बहसका लागि महान्यायाधीवक्ता नै उपस्थित हुन आदेश दिएको हो।

‘प्रस्तुत निवेदनमा महन्यायाधिवक्ता स्वयं समेतलाई बहसमा उपस्थित हुनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो।

माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन्। भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलबाट अनशन समेत सुरू गरेकी छन्।

प्रकाशित: १८ आश्विन २०८० १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App